नागरिक टेलिभिजनको परिचय
अर्घाखाँची जिल्ला पाणिनि गाउपालिकामै पहिलो पटक पृथक पहिचानका साथ नागरिक टेलिभिजन स्थापना भएको छ । जे देख्छौं त्यही देखाउछौं भन्ने मूलनारा बनाउदै विक्रम सम्वत् २०८१ सालमा स्थापना भएको टेलिभिजन हो नागरिक टेलिभिजन । पाणिनि गाउपालिका वडा नं. ३ दुर्गाफाटमा मुख्य कार्यालय रहेको नागरिक टेलिभिजन २४ सै घण्टा सञ्चालनमा छ । संचार र पत्रकारिताको क्षेत्रमा सक्रिय दक्ष र अनुभवि समूहले संचालन गरेको यो टेलिभिजनले आर्थिक, सामाजिक र समष्टिगत विकासका सवालहरुलाई प्राथमिकतामा राखेको छ । टेलिभिजन पत्रकारिताले गहन खोज, विश्लेषण र जिम्मेवार प्रस्तुतिलाई आत्मसाथ गरेमा रचनात्मक समाज निर्माणमा ठूलो योगदान गर्न सक्छ भन्ने तथ्यलाई स्थापित गर्ने लक्ष्यका साथ यो टेलिभिजन सुरु गरिएको छ । यो टेलिभिजन इन्टरनेटमार्फत नागरिक टेलिभिजनको वेब साइट तथा विभिन्न नेटवर्कमार्फत संसारभर हेर्न सकिन्छ । समाजका हरेक विषयबस्तु समाचार, वहस, छलफल, वृतचित्र, स्थलगत रिपोर्ट, सार्वजानिक सूचना जस्ता क्रियाकलापको माध्यमबाट आवाज विहिनहरुको आवाजको रुपमा सूचना, जानकारी र मनोरञ्जनलाई प्राथमिकताका साथ प्रसारणको सुरुवात गरेका छौं ।